नियम ५३
पेश्कीको फाँटवारी पठाउनु पर्ने
(१) यस नियमावली बमोजिम पेश्की फस्यौंट भए वा नभएको जानकारी दिन र पेश्की फर्स्यौंट समयमा गराउन पेश्कीको सूची तयार गरी आर्थिक प्रशासन शाखा प्रमुखले महिना समाप्त भएको तीन दिनभित्र कार्यालय प्रमुख समक्ष पेश गर्नु पर्नेछ। त्यस्तो सूची प्राप्त भएपछि कार्यालय प्रमुखले सोको समीक्षा गरी फस्यौंट सम्बन्धी कार्य गर्नु, गराउनु पर्नेछ।
(२) कार्यालयले सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र तालुक विभाग, केन्द्रीय निकायमा प्रत्येक महिना व्यतित भएको सात दिनभित्र पेश्कीको फाँटवारी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम पेश्कीको फाँटवारी प्रा भएपछि सम्बन्धित विभाग, केन्द्रीय निकायले पेश्कीको लगत राखी नियमानुसार पेश्की फस्यौंट भए वा नभएको अनुगमन गर्नु पर्नेछ।